पोखराका प्रतिष्ठित व्यापारी तथा सांसद सूर्य बहादुर केसीको निधन

 

पोखरा । पोखराका प्रतिष्ठित व्यापारी तथा प्रतिनिधसभा सदस्य सुर्य बहादुर केसीको निधन भएको छ ।

केसीको गएराती साढे ११ बजे  पोखरा ७ एयरपोर्ट स्थित आफ्नै निवासमा निधन भएको हो ।

राप्रपाका पूर्व केन्द्रीय कोषाध्यक्ष समेत रहेका केसी गएको निर्वाचनमा नेपाली कांग्रेस प्रवेश गरेका थिए ।

केसी लामो समयदेखि सुगर र प्रेसरका बिरामी थिए । केसी रारा चाउचाउ उत्पादक कम्पनी हिमश्री फुडका सञ्चालक सेमत हुन् ।

केसी पोखरा नगर पन्चायतका पुर्व प्रधानपन्च समेत हुन् ।

कमेन्टहरु
Loading...