थप दुई कोरोना संक्रमितको मृत्यु

चितवन । चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१० बस्ने ७९ वर्षीय पुरुष र धादिङको निलकण्ठ नगरपालिका–३ बस्ने ६१ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

भरतपुर महानगरपालिका–१० बस्ने ७९ वर्षीय पुरुषमा यही कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आइतबार अस्पतालमा भर्ना गरिएको थियो ।

 

स्वास्थ्य जटिल बन्दै गएपछि उनलाई सोही दिन कोभिड आईसीयूमा राखेर उपचार सुरु गरिएको थियो । उनको आइतबार राति १ः२० बजे उनको मृत्यु भएको हो ।

 

यसैगरी भरतपुर अस्पतालमै उपचाररत धादिङको निलकण्ठ नगरपालिका–३ बस्ने ६१ वर्षीया महिलाको सोमबार बिहान २ः५५ बजे मृत्यु भएको छ ।

 

श्वासप्रश्वासमा समस्या भएपछि यही कात्तिक ५ गते उनी अस्पतालको आइसोलेसनमा भर्ना भएकी थिइन् । उनलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि कात्तिक ९ गते कोभिड आईसीयूमा राखी उपचार गरिएको थियो ।

कमेन्टहरु
Loading...