सिन्धुलीमा कोरोना संक्रमित ८४ वर्षीय वृद्धाको मृत्यु

सिन्धुली । सिन्धुली कमलामाई नगरपालिका –६ पानीट्यांकी निवासी एक वृद्धाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ८४ वर्षीया वृद्धाको आइतबार मृत्यु भएको हो ।

 

उच्च ज्वरो आउनुको साथै श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई उपचारका लागि शुक्रबार धुलिखेल अस्पताल लगिएको थियो । धुलिखेल अस्पतालले पिसिआर परीक्षणका लागि स्वाब नमुना संकलन गरेर बिरामीलाई घर पठाइदिएको थियो । बिरामीको स्वास्थ्य अवस्था झनै बिग्रिएपछि शनिबार राति साढे ९ बजे उनलाई सिन्धुली अस्पतालमा भर्ना गरिएको थियो ।

 

धुलिखेल अस्पतालको पीसीआर प्रयोगशालाले आइतबार साँझ ६ बजे रिपोर्ट पोजेटिभ छ भन्ने जानकारी गराएको थियो । सिन्धुली अस्पतालमा उपचारकै क्रममा साँझ साढे ६ बजे वृद्धाको मृत्यु अस्पतालले जानकारी दिएको छ । सिन्धुलीमा कोरोना संक्रमणबाट यो पहिलो मृत्यु हो ।

कमेन्टहरु
Loading...