पोखरा । पोखरामा थप ५६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । लाइफ केयर एण्ड डाइग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप ५६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरामा १५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित ९ जना पुरुष तथा ६ जना महिला रहेका छन् । १८, ४१, ४३, ४९, ५०, ५१, ५२, ६६ र ६८ वर्षीय ९ जना पुरुष तथा २९, ३२, ३८, ३९, ६८ र ७१ वर्षीय ६ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमित १५ जना पोखरा महानगरपालिका अन्तरगत कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।
पोखरा १ का ४० वर्षीय १ जना पुरुषलाई कोेरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरा २ का ४ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका १ जना महिला तथा ३ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमित ७२ वर्षीय १ जना महिला सहित ४०, ५७ र ७२ वर्षीय ३ जना पुरुष रहेका छन् ।
पोखरा ३ का ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका १ जना पुरुष तथा २ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमित १६ वर्षीय १ जना पुरुष तथा २० र २५ वर्षीय २ जना महिला रहेका छन् ।
पोखरा महानगरपालिका वडा नम्बर ५ का १० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ७ जना महिला तथा ३ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु ११ वर्षीय १ जना बालिका, १४ र १५ वर्षीय युवती, २०, ३३, ३८ र ६५ वर्षीय ७ जना रहेका छन् । त्यस्तै सोही वडाका ४३ वर्षीय २ जना र ५९ वर्षीय गरेर ३ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरा ७ का ३२ वर्षीय १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखरा ८ का ८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका २ जना महिला तथा ६ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितहरु २५ र ६१ वर्षीय २ जना महिला तथा ३१, ३८, ४२, ४८, ५० र ६१ वर्षीय ६ जना पुरुष रहेका छन् ।
पोखरा ९ का २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ३२ र ६० वर्षीय २ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर १० का ४५ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
पोखरा १२ का ४५ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १४ का ११ वर्षीय १ जना बालकलाई संक्रमण पुष्टि भएको छ ।
पोखरा १५ की ३८ वर्षीय १ जना महिलालाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
वडा नम्बर १६ की ३ वर्षीय बालिकालाई समेत संक्रमण पुष्टि भएको छ ।
पोखरा १९ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ४१ वर्षीय १ जना पुरुष तथा ४२ वर्षीय १ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर २१ का २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ७ महिनाका १ जना बालक तथा ३२ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा २५ का ३६ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
त्यस्तै वडा नम्बर २९ का २३ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर ३२ का २४ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज बिहान समेत पोखरामा १ सय २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यससंगै यो समाचार तयार पार्दासम्म पोखरामा मात्रै आज १ सय ५८ जनालाई संक्रमण पुष्टि भएको छ ।
बाग्लुङका १ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको बाग्लुङ नगरपालिका वडा नम्बर २ का ५० वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पर्वतमा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर १ का २६ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।
स्याङ्जाका १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित ५८ वर्षीय १ जना पुरुष हुन् । उनी जिल्लाको कुन स्थानका हुन् भन्ने खुलेको छैन ।
तनहुँमा ४ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लामा ठेगाना खुल्न नसकेका ४५ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ का २४ र २५ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ । यता ब्यास नगरपालिका वडा नम्बर १ का ५९ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यता म्याग्दीमा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको म्याग्दी ३ का ३८ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ हजार ५ सय ६८ पुगेको छ ।