पोखरा । गण्डकी प्रदेशमा थप २५ जनामा संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज, चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशका ५ जिल्ला गरि थप २५ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार थपिएका संक्रमित मध्ये १५ जना नवलपरासी सुस्त पूर्वका रहेका छन् । जिल्लाको मध्यविन्दू, कावासोती , हुप्सेकोट, देवचुली र गैंडाकोटमा गरि थप १५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै गोरखा जिल्लामा पनि थप ५ जनामा संक्रमण पुष्टि भएको छ । यता तनहुँ जिल्लामा थप ३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै लमजुङ जिल्ला बेसीसहरमा थप १ जनामा संक्रमण पुष्टि भएको छ ।
यता कास्की जिल्ला पोखारा महानगरपालिका वडा नम्बर ३ कि २४ वर्षिय १ महिला पनि कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ५ सय ४ पुगेको छ ।