पोखरा । गण्डकी प्रदेशमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशका ६ जिल्लामा थप नयाँ ५२ जना संक्रमितहरु थपिएका हुन् ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार थपिएका संक्रमितमध्ये २० जना कास्की जिल्लाका रहेका छन् । पोखरा महानगरपालिकाका १८ जना र २ जना रुपा गाँउपालिका सहित कास्कीमा थप २० जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै स्याङ्जा जिल्ला वालिङ नगरपालिकामा थप ३ जनामा संक्रमण पुष्टि भएको छ । यता पर्वतमा थप २ जनामा संक्रमण पुष्टि भएको छ । लमजुङ जिल्लामा थप ८ जनामा संक्रमण पुष्टि भएको छ ।
जिल्लाको सुन्दरबजार र राईनाशमा गरि थप ८ जनामा संक्रमण पुष्टि भएको हो ।त्यस्तै यता नवलपरासी पूर्वमा थप १४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा थप कोरोना संक्रमितको संख्या ७ हजार ४ सय ७९ पुगेको छ ।