पोखरा । गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार प्रदेशका सात जिल्लामा नयाँ संक्रमित थपिएका हुन् । आज थपिएका नयाँ संक्रमितमध्ये ६ जना कास्की जिल्ला पोखारा महानगरपालिकाका रहेका छन् ।
त्यस्तै आज बागलुङ जिल्लामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखा जिल्लामा थप ५ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लाको पालुङटार , बारपाक, गोरखा गरि थप ५ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै लमजुङमा थप २ मा संक्रमण पुष्टि भएको छ ।
यता पूर्व नवरपरासीमा थप २ जनामा संक्रमण पुष्टि भएको छ । यता स्याङ्जा जिल्लामा थप १ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै तनहुँमा थप ११ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ३ सय ४६ पुगेको छ ।