कोरोनाबाट पोखरा ९ की महिलाको निधन

पोखरा । पोखरामा कोरोना भाइरस संक्रमणबाट थप १ जनाको ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नम्बर ९ की ६२ वर्षीय महिलाको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगत कोभिड १९ उपचार केन्द्रमा आज बिहान ८ बजे ज्यान गएको हो । कार्तिक १३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनको सोही उपचार केन्द्रको आइसियुमा उपचार भइरहेको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट ज्यान गुमाउने उनी २३ औं व्यक्ति हुन् ।

कमेन्टहरु
Loading...