पोखरा । पोर्चुगल तथा युभेन्टसका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो १८ दिनपछि कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।३५ वर्षका रोनाल्डो अक्टोबर १३ मा संक्रमण पुष्टि भएपछि सेल्फ आइसोलेशनमा बसेका थिए ।
गत मंगलबार भएको परीक्षणमा पनि संक्रमण देखिएपछि उनले बुधबार च्याम्पियन्स लिगमा बार्सिलोनासँगको खेल गुमाएका थिए । उनले यो अवधिमा सिरी ए का दुई तथा इटालियन च्याम्पियनका दुई युरोपियन खेल गुमाए ।
रोनाल्डोले पछिल्लो पटक अक्टोबर ११ मा नेशन्स लिगमा पोर्चुगलबाट फ्रान्स विरुद्ध खेलेका थिए। संक्रमण हुनुअघि रोनाल्डोले युभेन्टसका दुई लिग खेलमा तीन गोल गरेका थिए । उनी संक्रमित हुँदा दुई वर्षमा पहिलोपटक रोनाल्डो र लियोनल मेस्सी आमनेसामने हुने अवसर गुमेको थियो ।