पोखरा । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा राजस्थान रोयल्सले किंग्स इलाभेन पन्जाबलाई सात विकेटले हराएको छ ।अबुधाबीमा भएको खेलमा बेन स्टोक्सको अलराउन्ड प्रदर्शनको मद्दतमा राजस्थानले किंग्स इलाभेन पञ्जाबलाई सात विकेटले पराजित गरेको हो ।
खेलमा राजस्थानले १८६ रनको लक्ष्य १८ औं ओभरमा तीन विकेट गुमाएर भेटायो ।राजस्थानको जितमा बेन स्टोक्सले सबैभन्दा धेरै ५० रन योगदान गरे । अल राउन्ड प्रदर्शन गरेका उनी म्यान अफ द म्याच बने ।
सन्जु सामसन अर्धशतक बनाउन दुई रनले चुके । रोबिन उथप्पाले ३० रन बनाउँदा स्टिभ स्मिथ ३१ र जोस बटलर २२ रनमा नटआउट रहे ।बलिङतर्फ मुरुगान आश्विन र क्रिस जोर्डनले १–१ विकेट लिए ।
यसअघि अबुधाबीमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८५ रन बनाएको थियो ।पन्जाबका लागि क्रिस गेल शतक बनाउन १ रनले चुके । ६३ बल सामना गरेका उनले ८ छक्का र ६ चौकाको मद्दतमा ९९ रन बनाए ।
यसैगरी केएल राहुलले ४१ बलमा ४६ रन बनाए । मन्दिप सिंहले खाता नै खोल्न सकेनन् । निकोलस पुरनले २२ रन बनाउँदा ग्लेन म्याक्सवेल ६ र दीपक हुडा १ रनमा नटआउट रहे । बलिङतर्फ जोफ्रा आर्चर र बेन स्टोक्सले २–२ विकेट लिए ।