पोखरा । यातायात व्यवस्था कार्यालय सवारी पोखराले १ दिन आज शुक्रबारका लागि आफ्नो सेवा बन्द गरेको छ । कार्यालयमा कार्यरत १ जना कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भए पछि नामसारी सम्बन्धी सेवा बन्द गर्ने निर्णय गरिएको सुचना प्रकाशित गर्दै कार्यालयले जानकारी गराएको हो । कार्यालय खुल्ने वा नखुल्ने भन्ने विषयमा आइतबार जानकारी गराइने सुचनामा जनाइएको छ । सवारी नवीकरणका कामहरु भने शुक्रबारका लागि यथावत् नै रहने कार्यालयले जानकारी दिएको छ ।
२०८२ आश्विन २३ गते बिहीबार