रिपोर्ट नेगेटिभ नआएपनि गण्डकीले राख्दैन १४ दिन कटेका संक्रमित

ऋषिकान्त पौडेल

कोरोना पोजेटिभ देखिएपछि पोखरा–५ कि एक महिला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईशोलेसन सेण्टरमा उपचाररत थिईन् । ९ दिनसम्म आईसियुमा बसेकी उनको कोरोना रिपोर्ट अझै नेगेटिभ आएकै छैन । तर बुधबार अस्पताल प्रशासनले भन्यो– ‘अब तपाई यहाँ रहन पाउनुहुन्न आफै ब्यबस्था गर्नुस् ।’ रिपोर्ट नेगेटिभ नआउँदै अस्पतालबाट डिस्चार्ज हुनुपरेपछि हाल उनी पस्र्याङ्स्थित आफ्नै घरमा होम आईसोलेसनमा छिन् ।

नेपाल प्रहरीअन्र्तगत कास्कीको कुनै एक ईकाईमा कार्यरत एक जनाको बुधबार अस्पताल बसाई १४ दिन पुगेको थियो । कास्कीभन्दा धेरै टाढा घर भएका उनलाई पनि अस्पतालले भन्यो– ‘१४ दिन भन्दा बढी अस्पतालमा राख्ने सरकारको नीति नै छैन त्यसैले जहाँ बस्नुहुन्छ बस्नुस् ।’ ती प्रहरीको पनि हालसम्म कोरोना रिपोर्ट पोजेटिभ नै छ ।

सुरक्षितरुपमा बस्नका लागि नजिकै आफ्नो घर छैन त्यसैले अस्पतालकै आईशोलेसनमा बस्ने व्यवस्था मिलाईदिन उनले आग्रह गरेपनि अस्पतालले जबरजस्ती डिस्चार्ज पत्र बनाईदियो । ती प्रहरी कर्मचारीको गुनासो छ ‘घर टाढा छ रिपोर्ट नेगेटिभ आएकै छैन कहाँ गएर बस्नेरु उनी हाल कार्यरत इकाईमै सहकर्मीहरुसँग बसिरहेका छन् ।

यी दुई त प्रतिनिधि पात्र मात्रै हुन् । साविकको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले सरकारको नीति भन्दै निको नभईसकेका कोरोना संङ्क्रमितलाई पनि १४ दिनपछि जबरजस्ति डिस्चार्ज पत्र थमाउने गरेको छ । स्वास्थ्य तथा जनसंङख्या मन्त्रालयले भदौको दोस्रो साता रीपोर्ट पोजेटिभ आएपनि घर फर्काउन निर्देशन दिएको थियो । सोही निर्देशन बमोजिम फर्काइएको हो ।

तर गण्डकी प्रदेश सरकारले भने कोरोना संक्रमण निको नहुञ्जेलसम्म उपचार गर्ने घोषणा गरेपनि संघ अन्तर्गतको प्रतिष्ठानले त्यो गरीरहेको छैन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङका प्रेस संयोजक बिक्रम न्यौपानेका अनुसार संक्रमितको उपचारका लागि प्रदेश सरकारले प्रतिष्ठानलाई निर्देशनसहित बजेट समेत दिएको छ । ‘कोरोना नेगेटिभ नआउँदासम्म अस्पतालबाट डिस्चार्ज नगर्न प्रदेशले निर्देशन दिएको छ तर संघ अन्र्तगतको हुँदा कहिले हामीले भनेको मान्छ कहिले संघले भनेको, कुनै भर नै भएन’ न्यौपानेले भने ।

प्रदेश सरकार अन्र्तगतको सामाजिक बिकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासन डा. राम केसीले पनि संघ अन्र्तगतको अस्पताल भएको हुँदा प्रदेश सरकारले दिएको मौखिक निर्देशन प्रतिष्ठानले नमानेको आरोप लगाए । तर प्रदेश सरकारको मान्यता कोरोना संक्रमितको रिपोर्ट नेगेटिभ आएपछि मात्रै घर पठाउने रहेको पनि उनले जानकारी दिए । ‘कोरोना संङ्क्रमित बिरामी जो जति दिन बस्यो रिपोर्ट नेगेटीभ आएपछि मात्रै घर पठाउने भन्ने नै प्रदेश सरकारको मान्यता हो तर प्रतिष्ठानसँग अल्लि कन्फ्युजन बढेको छ त्यसलाई छलफलबाट समाधान गर्नुपर्छ ’–केसीले भने ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर अर्जुन आचार्यले भने दैनिकरुपमा संङ्क्रमितको चाप बढेकाले कोराना रिपोर्ट नेगेटिभ आईञ्जेलसम्म कुर्न नसकिने बताए । ‘रिपोर्ट नेगेटिभ आउञ्जेलसम्म कुर्न सक्ने अवस्था नै छैन त्यसैले १४ दिन कटेका संङ्क्रमितलाई डिस्चार्ज गरेका छौ’– डा. आचार्यले भने । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईशोलेसनमा ४० शैयाको मात्रै क्षमता रहेको उनले जानकारी दिए ।

यता कोरोना संक्रमण देखिएपछि उपचाररत बिरामीले प्रतिष्ठानमा चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीले दिने सेवाको गुनासो गरेका छन् । कोरोना रिपोर्ट पोजेटिभकै अवस्थामा हालै डिस्चार्ज गरिएका एक बिरामीले अस्पतालमा अक्सिजनको समस्या एकदमै हुने गरेको बताए । ‘

आईशोलेसनमा त राख्छ तर अक्सिजनको समस्या एकदमै छ । बिरामी छट्पटाउँदा समेत चिकित्सक र नर्स समयमा नआईदिने समस्या त्यहाँ रहेछ’–उनले भने । सिलिण्डरमा अक्सिजन सकिदाँ समेत नफेरिने पनि उनको गुनासो छ । ‘अक्सिजन नपाएरै बिरामी मर्ने अवस्था रहेछ , कमसेकम अक्सिजन सकिएको त थाहा हुन्छनी । कस्तो लापरवाही ? ती बिरामीको आक्रोश छ ।

कमेन्टहरु
Loading...