कोरोना संक्रमणका कारण पत्रकार चौलागाईको निधन

काठमाडौँ । काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईको कोरोना संक्रमणका कारण निधन भएको छ । गत असोज २६ गते कोरोना संक्रमण पुष्टि भएको ५१ वर्षीय चौलागाईको निधन शुक्रबार बिहान भएको हो ।

 

ज्वरो बढेपछि कात्तिक १ गते ओम अस्पताल भर्ना गरिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो । उनी काभ्रे पोस्टका प्रधान सम्पादक थिए । उनी ब्रोनक्राइटिस पीडित थिए।

कमेन्टहरु
Loading...