पोखरामा ६० सहित प्रदेशमा थप ९८ जनामा संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप ९८ जनामा संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज, क्षयरोग उपचार केन्द्र र लाइफ केयर डाइगोनिस्टक प्रालिमा गरिएको परिक्षणमा थप ९८ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा कास्की जिल्लाका ६० जना पोखरा महानगरपालिकाका रहेको छन् ।

 

त्यस्तै स्याङ्जा पनि थप ३ जनामा संक्रमण पुष्टि भएको छ । तनहुँमा थप ८ जनामा संक्रमण पुष्टि भएको छ । यता पर्वतमा पनि १ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै लमजुङमा २७ वर्षिय पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

यता नवलपरासीमा थप २२ जनामा संक्रमण पुष्टि भएको छ । कावासोती , गैंडकोट , मध्यविन्दु गरि थप २२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेशमा संक्रमितको संख्या ७ हजार १ सय ४५ पुगेको छ ।

कमेन्टहरु
Loading...