स्याङ्जाको विरुवा गाउँपालिकाका केही क्षेत्रमा भोलिबाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने

पोखरा । कोरोना भाइरस संक्रमण समुदायस्तरमा फैलिन नदिनका लागि स्याङ्जाको बिरुवा गाउँपालिकाले भोलिबाट अर्को सुचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाले सुचना जारी गर्दै समुदायस्तरमा फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै भोलिबाट अनिश्चितकालसम्मका लागि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको हो ।

भोलिबाट बिरुवा बजार तथा आसपासका क्षेत्रहरुमा रहेका सम्पूर्ण खाद्यान्न तथा औषधी पसल बाहेकका सम्पूर्ण पसल, बैंक तथा वित्तीय संस्था, सहकारी तथा विद्यालय पूर्ण रुपमा बन्द हुने भएका छन् ।

गाउँपालिकाले कन्ट्याक्ट ट्रेसिङको कार्य अगाडि बढाएको बताउँदै संक्रमितसंग सम्पर्कमा रहेर लक्षण नदेखिएका तथा देखिएका शंकास्पद व्यक्तिले गाउँपालिका कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

‘विरुवा गाउँपालिकाकको कार्यालयले कन्ट्याक्ट ट्रेसिङको काम अगाडि बढाइरहेको हुँदा कोरोना भाइरस संक्रमण भएका व्यक्तिहरुको सम्पर्कमा रही लक्षण देखिएका वा नदेखिएका शंकास्पद व्यक्तिहरुले कार्यालयमा सम्पर्क राख्नुहुन एव अति आवश्यक काममा बाहेक घरबाट बाहिर ननिस्की कोरोना भाइरसको समुदायस्तरको संक्रमण रोकथामका लागि आवश्यक सहयोग गरिदिनुहुन सर्वसाधारणमा विरुवा गाउँपालिका कार्यालय हार्दिक अपील गर्दछ ।’ गाउँपालिकाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कमेन्टहरु
Loading...