कार्यक्रम प्रस्तोता रवि लामिछाने दम्पतिलाई कोरोना पुष्टि

पोखरा । सञ्चारकर्मी तथा कार्यक्रम प्रस्तोता रवि लामिछाने दम्पतिलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत् आफू तथा पत्नी निकिता पौडेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

‘गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि हिजो पिसिआर टेस्ट गर्दा म र निकिता दुवैमा कोरोना पोजेटिभ देखिएको छ । हामी दुवैको स्वास्थ्य सामान्य छ ।’ उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘केही पेसागत क्रियाकलाप र केही आफ्नै लापरवाहीले संक्रमण भएको हुन सक्दछ । घरमा हामी २ मात्र छौं । त्यसैले धेरै समस्या छैन । तर घरमा वृद्धा अवस्थाका सदस्यहरु हुनेले चाहिं विल्कुल लापरवारी नगरौं ।’

कमेन्टहरु
Loading...