एजेन्सी । फ्रान्स सरकारले दोस्रोपटक लकडाउनको घोषणा गरेको छ । कोरोना भाइरस संक्रमणको दोस्रो लहर बढेपछि नोभेम्बर महिना पुरै लागू हुने गरेर फ्रान्स सरकारले लकडाउन घोषणा गरेको हो ।
शुक्रबारबाट लागू हुने लकडाउनका समयमा स्वास्थ्य क्षेत्र, विद्यालय तथा उद्योग खुला हुने भए पनि अत्यावश्वक कामका लागि बाहेक घरबाट निस्किन पाइने छैन । फ्रान्समा लकडाउनका समयमा बार तथा रेस्टुरेन्ट भने बन्द रहने छन् ।
राष्ट्रपति इम्यानुयल म्याक्रोका अनुसार फ्रान्समा कोरोना भाइरस संक्रमणको दास्रो लहर सुरु भइसकेको छ । उनले कोरोना संक्रमणको दर पहिलेभन्दा दोस्रो लहर खतरनाक बन्नेमा कुनै शंका नरहेको समेत बताएका छन् ।
फ्रान्समा अहिले सबै हस्पिटलका आइसियु बेड भरिएको बताउँदै उनले पहिलेको लकडाउनमा जस्तै अहिलेको लकडाउनमा समेत घरबाहिर जानका लागि अनुमति फारम भर्नुपर्ने उननले जानकारी दिएका छन् ।