अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ मंगलबार श्रीलंका पुग्नुभएको छ । विदेमन्त्री पोम्पेओ मंगलबार भारतबाट श्रीलंका पुग्नुभएको समाचारमा जनाइएको छ । श्रीलंकाको राजधानी कोलम्बोबाट प्राप्त भएको समाचारमा सो कुराको जानकारी गराइएको हो ।
अमेरिकी विदेशमन्त्री पोम्पेओ हाल भारतको भ्रमणमा रहनुभएको थियो । उहाँ भारतको भ्रमण सकेर मंगलबार साँझ श्रीलंकाको राजधानी कोलम्बो पुग्नुभएको बताइएको छ ।
उहाँले श्रीलंकाको राजधानी कोलम्बो पुगेर ट्वीटमार्फत आफ्नो भ्रमणको बारेमा जानकारी दिनुभएको हो । ट्वीटमा उहाँले आफूलाई श्रीलंकाली नेताहरुले गरेको स्वागतप्रति धन्यवाद पनि ज्ञापन गर्नुभएको छ ।
उहाँले आफूलाई श्रीलंकाली अधिकारीहरुले न्यानो स्वागत र अभिवादन गरेको भन्दै त्यसका लागि धन्यवाद दिनुभएको हो । विदेशमन्त्री पोम्पेओले श्रीलंकामा यहाँका उच्च अधिकारीहरुसँग भेटवार्ता गर्नुहुने बताइएको छ ।