काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय ५४ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ८ हजार २ सय ४८ जनाको पीसीआर परिक्षण गर्दा त्यति संख्यामा संक्रमित थपिएका हुन् । भने २ हजार ९ सय ८१ जना संक्रमित निकाे भएका छन् ।
प्रवक्ता गाैतमले देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ६ सय ४३ रहेको जानकारी दिए ।
संस्थागत आइसोलेशनमा ७ हजार ७०९ र होम आइसोलेशनमा ३१ हजार ९३४ रहेका छन् ।