भारतीय जासुसी संस्था ‘रअ’ प्रमुख सामन्तले बाबुराम भट्टराइलाई भेटेको खुलासा

फाइल तस्बिर

गन्थन डेस्क

भारतीय जासुसी संस्था ‘रअ’का प्रमुख सामन्त गोयलले नेपालमा प्रधानमन्त्री केपी ओलीसँग भेट गरेको खुलासा भएपछि डा. बाबुराम भट्टराइलाई पनि भेटेको बताइएको छ ।

भारतीय न्यूज अनलाइन दीप्रिन्ट डट इनका अनुसार सामन्तले भट्टराइलाई भेट गरेका हुन् । अनलाइनकी रणनीतिक मामिला सम्पादक ज्योती मल्होत्राले लेखमार्फत उक्त कुरा बताएकी छिन् । उक्त लेखमा मल्होत्राले ‘रअ’ प्रमुख सामन्तले भेटेकोबेला भट्टराई कोभिड संक्रमित भएका र हाल सामन्त पनि आइशोलेसनमा रहेको हुनसक्ने उल्लेख गरेकी छिन् ।

लेखमा मल्होत्राले मधेशी आन्दोलनलाई समर्थन गर्दै भारतले नेपाललाई नाकाबन्दी गरेको समेत उल्लेख गरेकी छिन् । नेपालप्रति नीति बनाउँदा भारतले भारतीय राष्ट्रिय स्वयंसेवक संघ (रासस)को प्रभावबाट तय गर्ने लेखमा जनाइएको छ ।

रासस भारतीय जनता पार्टी आबद्ध संगठन हो । नेपाल गणतान्त्रिक मुलुक भएपनि हिन्दूको बाहुल्यता भएकाकारण राससले भाजपासमक्ष आफ्नो रणनीति पेश गर्दछ ।

त्यस्तै, नेपाली कांग्रेस र पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई भारतको समर्थक भनेर लेखिएको छ । ‘तर सन् २०१७ को निर्वाचनपछि भारत ओली र अन्य दललाई ‘मिलाएर’ लैजाने भूमिकामा प्रस्तुत भएको छ’ लेखमा उल्लेख छ ।

लेखमा ओली सरकारलाई ‘भट्टराई जेएनयुको विद्यार्थी भएको र नेपालले जारी गरेको नयाँ नक्सामा थपिएको भाग भारतीय भूमिमा परेको’ विषयमा चेतावनी दिन खोजिएको उल्लेख छ ।

कमेन्टहरु
Loading...