नवदुर्गाको तान्त्रिक नृत्य शुरु

काठमाडौं ।  तान्त्रिक नाच भनेर चिनिने भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको प्रारम्भिक नृत्य आजबाट सुरु भएको छ । प्रत्येक वर्ष विजयदशमीका दिनदेखि नवदुर्गा नाचको प्रारम्भिक नृत्य सुरु गरिने परम्परा रहेको छ ।

तौलाछें टोलको झट्टाप्वा नासद्यःमा नवदुर्गाका मूल पुजारीले देवगण हुने सबै वनमालालाई तान्त्रिक विधि अनुरुप पूजा गरेर घंघला सिं ल ल्हायगु (घँुघँुरु हस्तान्तरण) गरेपछि नवदुर्गा नाचको प्रारम्भिक नृत्य सुरु भएको मानिन्छ ।

वनमालाहरुलाई सिद्धि थाप्ने विधानका क्रममा नवदुर्गा मन्दिरका पुजारी दुलाल कर्माचार्यले तीन प्रमुख बाजा खिं, तः र कार्य तथा घलाहरु नास द्यः(नृत्यनाथ) को अगाडि राखी तान्त्रिक विधिपूर्वक पुजा गर्ने प्रंचलन रहेको मन्दिरका पुजारी कर्माचार्यले बताउनुभयो ।

नास द्यःलाई भेडाको भोग वलि दिएपछि बाजा र घ ः घला प्राप्ति गरेका वनमालाहरुले नास द्यः अघितिर बाजा बजाई नवदुर्गा नृत्य पहिलो प्रस्तुत गर्नुपर्ने प्रचलन रहेको छ ।

कमेन्टहरु
Loading...