आईपीएलमा कोलकात्ता नाईट राइडर्सले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित गरेको छ।
युएईको अबुधाविमा दिल्लीले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको कोलकात्ताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १९४ रन बनाएको थियो।
कोलकात्ताका नितिश रानाले ५३ बलमा ५१ रन बनाए भने सुनिल नारिनले ३२ बलमा ६४ रन बनाए। यस्तै कप्तान इयान माेर्गनले १७ र राहुल त्रिपाठीले १३ रन बनाए।
दिल्लीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३५ रन मात्रै बनाउन सक्यो ।
दिल्लीका लागि कप्तान श्रेयश यय्यरले ४७ रन, ऋषभ पन्तले २७ रन र रविचन्द्रन अश्विनले १४ रन बनाए ।
कोलकात्ताका वरुण चक्रवर्तीले पाँच, प्याट कमिन्सले तीन र लोकी फर्गुसनले एक विकेट लिए।