लेकसाइडका पर्यटन व्यवसायीको कोरोनाबाट मृत्यु

गन्थन डेस्क

पोखराको लेकसाइडमा क्वीन्स पार्क होटल सञ्चाालन गरिरहेका व्यवसायी सुरेश केसीको कोरोना संक्रमणबाट शुक्रबार राती करिब १० बजे मृत्यु भएको छ ।

४६ वर्षीय केसीको नागढुंगास्थित चरक मेमोरियल अस्पतालमा उपचारकाक्रममा निधन भएको हो । स्वास्थ्यवस्था असमान्य भएपछि उनी असोज ३० गते अस्पताल भर्ना भएका थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

केसीले ३० गते अघि नै लाइफ केयर डाइग्नोष्टिक सेन्टरमा स्वाब दिएका थिए । जसको रिपोर्ट ३ गते आएको थियो । स्वाब दिएर रिपोर्ट नआउँदै उनी उपचार गराउन अस्पताल पुगेको त्यहाँको प्रशासनले जनाएको छ ।

अस्पताल भर्ना हुने क्रममा केसीले ठेगानामा सिम्पानी, कास्की उल्लेख गरेका थिए ।

कमेन्टहरु
Loading...