पोखरा । पोखरामा थप ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा पोखरामा थप ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो तथ्यांक अनुसार पोखरा १० का ५९ वर्षीय, १२ का ३३ वर्षीय, २१ का २१ वर्षीय तथा २४ का २४ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
संक्रमित सबै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिभर क्लिनिकबाट पहिचान भएका छन् । उनीहरुलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ । आज बिहान पोखरामा १ जनालाई संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ल६ हजार ३ सय ७५ पुगेको छ ।