काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट अन्तगर्त शुक्रबार राती भएको खेलमा मुम्बई इन्डियन्सले १० विकेटले विजयी बनेको छ । रातीको रोमाञ्चक खेलमा मुम्बई इन्डियन्सले चेन्नाई सुपर किंग्सलाई १० विकेटले हराएको हो ।
मुम्बईले एक विकेट पनि नगुमाइ १२।२ ओभरमा ११५ रनको लक्ष्य पूरा गर्यो । मुम्बईको जितमा इशान किसन ६८ र क्विन्टन डिकक ४६ रनमा नटआउट रहे ।
यो जितसँगै मुम्बई अंक तालिकामा १४ अंकसहित शीर्ष स्थानमा पुगेको छ । महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नाई ६ अंकसहित सबैभन्दा पुछारमा छ ।
टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईको टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११४ रन बनाएको थियो ।