पोखरा । पोखरामा थप ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप ३ जनालाई संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १० का २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ४६ वर्षीय पुरुष तथा ४३ वर्षीय महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पोखरा ३० का १ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडा अन्तरगत ३६ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
संक्रमित सबै कन्ट्याक्ट ट्रेसिङका माध्यमबाट पहिचान भएका हुन् । उनीहरुलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ हजार ३ सय १२ पुगेको छ ।