राजस्थान रोयल्स ८ विकेटले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटअन्तर्गत बुधबार राति भएको आइपिएल–१३ को ४० औँ खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई आठ विकेटले पराजित गरेको छ। दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा जितका लागि हैदरबादको अघि १५५ रनको लक्ष्य थियो ।

 

 

जितका लागि जवाफी ब्याटिङमा उत्रेको हैदराबादले १८ ओभर २ बलमा मात्र २ विकेट गुमाएर १५५ रनको लक्ष्य भेट्टायो। हैदराबादका मनिष पाण्डे र विजय शंकरले शानदार प्रदर्शन गरे। पाण्डे ८३ रनमा अविजित रहँदा शंकरले अविजित ५२ रन बनाए ।

 

पाण्डे र शंकरले तेस्रो विकेटका लागि अविजित १ सय ४० रनको साझेदारी गरे । यस्तै जोनी बेयरस्टोले १० रन जोड्दा कप्तान डेभिड वार्नर ४ रनमा आउट भए।

 

राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो ।

 

जितसँगै १० खेलमा ८ अंक जोडेको हैदराबाद तालिकाको पाँचौ स्थानमा उक्लेको छ। ११ खेलमा ८ अंक जोडेको राजस्थान पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

कमेन्टहरु
Loading...