एकाबिहानै गण्डकीमा थपिए ३९ संक्रमित

पोखरा । गण्डकी प्रदेशमा थप ३९ जनामा संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र र चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा प्रदेशमा थप ३९ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका मध्ये १ जना कास्की जिल्ला अन्नपूर्ण गाँउपालिकाका रहेका छन् । त्यस्तै स्याङ्जा भिरकोट नगरपालिकाका ३५ वर्षिय पुरुष संक्रमण पुष्टि भएको छ । यता बागलुङमा थप ९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै म्याग्दीमा पनि थप ३ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै नवलपरासीमा एकैपटक थप १९ जनामा संक्रमण पुष्टि भएको छ । कावासोती ,मध्यविन्दु , गैँडाकोट , देवचुली, बौदीकातीमा गरि जिल्लामा थप १९ जनामा संक्रमण थपिएको हो ।

 

यता गोरखामा पनि थप २ जनामा संक्रमण पुष्टि भएको छ । तनहुँ देवघाटमा १ जनामा संक्रमण पुष्टि भएको छ । पर्वत बिहादी गाँउपालीकामा १ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै लमजुङमा थप २ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ३ सय ६ पुगेको छ ।

कमेन्टहरु
Loading...