पोखरा । गण्डकी प्रदेशमा थप १३ जनामा संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्रमा गरेको परिक्षणमा प्रदेशका ३ जिल्ला गरि थप १३ जनामा संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमित मध्ये कास्की जिल्लाका पोखरा महानगरपालिकाका ६ जना रहेका छन् । महानगरपालिकाका ७० वर्षीय पुरुष मणिपाल अस्पताल, पोखरामा कार्यरत चिकित्सक हुन् । त्यस्तै बाकी ५ जना महिला ग्रीन पास्चर अस्पताल पोखरामा कार्यरत १ जना चिकित्सक, २ जना स्टाफ नर्स हुन् । अन्य दुई संक्रमति सोही अस्पतालका बिरामी हुन् ।
त्यस्तै यता म्याग्दी थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी नगरपालिकाका २ जना महिला जिल्ला अस्पताल, बेनीमा कार्यरत स्टाफ नर्स हुन् । अन्य ३ संक्रमति मंगला गाउँपालिकाका ३ जना पुरुष सोहि पालिकामा कार्यरत कर्मचारी हुन् ।
यता बागलुङ पनि थप २ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार २ सय ६७ पुगेको छ ।