गन्थन डेस्क
स्वास्थ्य मन्त्रालयले श्वास फेर्न गाह्रो भए, बेहोस हुनेजस्तो भएपछिमात्रै अस्पताल जान दिएको निर्देशन पालना गर्दा गत असोज २६ गते काठमाण्डौंका मुकुन्द पाण्डेको मृत्यु भयो । उनको मृत्यु भएपछि भाइ मधुजंग पाण्डेले मन छुने स्टाटसमार्फत प्रधानमन्त्री केपी शर्मासमक्ष प्रश्न गरेका छन् ।
प्रधानमन्त्री ओली र स्वास्थ्य मन्त्रालयको निर्देशन पालना गर्दा दाजुको मृत्यु भएको उनको भनाई छ । उनले प्रश्न गरेका छन् ‘अब म भतिजालाई के जवाफ दिऊ प्रधानमन्त्रीज्यू ?’
मधुजंगको स्टाटसः
कोरोनाको लक्षण देखिए बेसारपानी र गुर्जो खाएर घरमै बस्न प्रधानमन्त्री केपी शर्मा ओली ज्युले दिएको सुझाव र स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमको बेहोस हुनेजस्तो भएपछि मात्र अस्पतालनमा जान दिएको निर्देशन इमान्दारितापूर्वक पालनागरि आफुलाई कोरोना लागेको संका हुँदाहुँदै पिसीआर परिक्षण नै नगरि बेसारपानी खाएकै भरमा ज्वारो र रुगाखोकी बिसो पार्न खोज्दा मेरो दाजु मुकुन्द पाण्डेले अकालमा मृत्युबरण गर्नुप¥यो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको बेहोस हुने अवस्था भएपछि मात्र अस्पतालमा जान दिएको निर्देशन पालना गरि दाई घरमै अचेत भएपछि मात्र गत २६ असोजको मध्यराती साढे १२ बजे काठमाडौको त्रिवि शिक्षण अस्पतालमा पु¥याउने घर परिवार एवं छिमेकीको प्रयास पनि असफल नै भयो । काठमाडौमा बसेर पनि मेरो दाजुले बिरामी भएपछि अस्पतालभित्र पस्नै पाउनुभएन ।
त्यसपछि हामीले स्वर्गिय दाजुको मृत्युको कारण कोरोना नै हुनुपर्छ भन्ने अनुमान सहित अस्पतालका डाक्टरलाई पिसिआर परिक्षण गरिदिन निकै आग्रह ग¥यौं । तर मृत्यु भईसकेपछि पिसिआर नगर्नु भन्ने सरकारको निणर्य अनुरुप अस्पतालले दाईको पिसिआर गर्न मानेन । कोरोना संकाकैबीच त्यसपछि हामीले जतिसक्दो सुरक्षित किसिमले दाजुको शब जलाउनकालागि पशुपतिको इलेक्ट्रोनिक मेसिन प्रयोग गर्ने निणर्य गर्दा पनि पशुपति क्षेत्र विकास कोषले कोरोनाका कारण मृत्यु प्रमाणित रिपोर्ट भएकालाई मात्र इलेक्ट्रोनिक मेसिन प्रयोग गर्न दिने र संकास्पद एव अन्यलाई आर्यघाटमा दाउराको परम्परागत विधीबाटै जलाउनुपर्ने व्यवस्था गरेका कारण हामी पनि दाउराबाटै दाजुको शब जलाउन बाध्य भयौं ।
करिब ४ घण्टाको दाहसंकारपछि हामीले तत्काल स्वर्गिय दाईको घरमा बस्ने सबैजनाको पिसिआर परिक्षण गराएर जतिसक्दो छिटो रिर्पोट आउने निजी ल्याब खोजेर दाईको घरका सबैको पिसिआर परिक्षण गराएका थियौं । कोरोना विश्व महामारिकाबीच अब के कसरी दाईको काजक्रिया सम्पन्न गर्ने भन्ने अन्योल चिर्न ल्याबमा स्वाब दिएको ९ घण्टापछि भाउनु र भतिजाहरु सबैको कोरोना पोजेटिभ भएको रिपोर्ट पायौं । सरकारको यस्तो गम्भिर कम्जोरीका कारण अहिले पशुपतिको आर्यघाट क्षेत्र कोरोना संक्रमण फैलाउने एकदमै जोखिमयुक्त क्षेत्र एवं हटस्पट बनिरहेको देखेर मैले पत्रकारिता पेसाको धर्म निभाएर यहाँहरुलाई त्यो दिन हामीले भोगेको यथार्थ जानकारी मात्र गराउन खोजेको हुँ ।
अब जतिसक्दो छिटो सरकारले पशुपतिको आर्यघाटमा मृत शब जलाउने कार्यलाई पारदर्शि र व्यवस्थित बनाउनुपर्छ । नत्र पशुपति क्षेत्र कोरोनाको संक्रमण फैलाउने केन्द्र नै बनेर मुलुकको अवस्था अझै भयावह हुने छ । अहिले म पनि कोरोनाको लडाई जितेर भर्खरै घर बाहिर निस्किएको छु । पिसिआर रिपोर्ट नेगेटिभ आएपनि अझै मेरो स्वास्थ्य पूर्ण ठिक भईसकेको छैन ।
झन दाईको यस्तो अकल्पनीय दुःखद निधनले पिडा थपिएको छ । भित्रैबाट औडाह भइरहेको छ । दाईको मृत्यु भएको पनि आज ५ दिन भएछ । दाईको घरमा जाँदा दाईले मृत्युबरण गर्नुभन्दा केही दिन अघि ल्याईदिएको सिन्के चाउमिन हातमा लिएर बसेको ६ वर्षको नाबालक भतिजोले अहिलेसम्म नखाएर बाबा अस्पतालबाट आएपछि मात्र खान्छु है अंकल भनिरहेको छ । अब म भतिजोलाई के जवाफ दिउं प्रधानमन्त्री ज्यु ?