चितवन । भरतपुर अस्पतालका अनुसार कोरोना संक्रमण पुष्टि भएकी ३३ वर्षीया गर्भवतीको बिहीबार बिहान अस्पतालमा निधन भएको छ ।
अस्पतालको अनुसार तनहुँको शुक्लगण्डकी नगरपालिका स्थायी ठेगाना भई हेटोंडा–५ बस्दै आएकी ती महिला असोज ३० गते भरतपुर अस्पतालको आइसोलेसनमा भर्ना भएकी थिइन् ।
खोकी र श्वासप्रश्वासको समस्यासहित अस्पताल आएकी उनमा त्यसै दिन संक्रमण पुष्टि भएको थियो । ती महिला ३७ साताकी गर्भवती रहेको अस्पतालले जनाएको छ । स्वास्थ्यस्थिति जटिल हुँदै गएपछि उनलाई बुधबार भेन्टिलेटरमा राखिएको थियो । बिहीबार बिहान सवा ६ बजे महिलाको निधन भएको अस्पतालले जनाएको छ ।