विश्वमा कोभिड १९ सङक्रमितको संख्या ४ करोड नाघ्यो

एजेन्सी । विश्वमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ४ करोड नाघेको जोन्स हप्किन्स विश्व विद्यालयले दिएको पछिल्लो अपडेटमा जनाएको छ । उक्त विश्वविद्यालयका अनुसार विश्वभरी ४ करोड ११ लाख ५४ हजार ९ सय ४५ जना कोभिड १९ संक्रमित भएका छन् । यस संक्रमणको कारण विश्वभरी ११ लाख ३१ हजार ६ सय ४५ व्यक्तिको मृत्यु भएको पनि सो विद्यालयले जानकारी दिएको छ ।

यसैबीच विश्वभरी रहेका कुल संक्रमित मध्ये २ करोड ६ लाख ९१ हजार भन्दा बढी व्यक्ति कोरोना भाइरस मुक्त भएका बताइएको छ । कोरोना भाइरसको कारण सब भन्दा बढी प्रभावित देश संयुक्त राज्य अमेरिकामा ८५ लाख २१ हजार भन्दा बढी व्यक्ति संक्रमित रहेका छन् ।

कोरोना संक्रमणबाट सबैभन्दा धेरै नागरिकको मृत्यु हुने देशमा अमेरिका पर्छ । उक्त विश्वविद्यालयका अनुसार कोरोना संक्रमणबाट अमेरिकामा २ लाख २६ हजार २ सय २० जनाको मृत्यु भएको छ । उक्त विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा पछिल्ला दिनहरुमा पनि ठूलो संख्याका संक्रमित थपिने गरेका छन् ।

कोरोना संक्रमणबाट भारत र ब्राजिल दोस्रो र तेस्रो स्थानमा परेको छ । भारतमा ७६ लाख ५९ हजारभन्दा बढी कोरोना संक्रमति छन् भने ब्रांजिलमा ५२ लाख ७४ हजारभन्दा बढी कोरोना संक्रमित रहेका विश्वविद्यालयले जनाएको छ । रुस चौथो स्थानमा रहेको यहाँ १४ लाख ४७ हजार ३ सय ३५ जना संक्रमित छन् ।

विश्वको तुलनामा संक्रमणमुक्त भएकाको संख्यामा भारत अग्रस्थानमा रहेको छ । भारतमा ६८ लाख ३ हजार व्यक्तिलाई कोरोना भाइरस निको भएको छ । विश्व स्वास्थ्य संगठनले गत मार्च ११ कोभिड १९ लाई ‘विश्व महामारी’को घोषणा गरेको थियो । रासस

कमेन्टहरु
Loading...