पोखरा । पोखराको लेकसाइड जरेबरमा अवस्थित सुलभ उपभोक्ता सहकारी संस्था लिमिटेडले बुधबार शुभकामना आदान प्रदान गरेको छ । नेपालीहरुको ठूलो चाड दसैं, तिहार र छठ लगाएतका पर्वको शुभकामना आदान प्रदान गरे ।
सुलभ उपभोक्ता सहकारी संस्थाका अध्यक्ष गोपीबहादुर भट्टराईले शुभकामना व्यक्त गरे । सहकारीका कार्य समिति सल्लाकार र अन्य शुभेक्छुकहरुले शुभकामना आदान प्रदान गरेका थिए ।
शुभकामना कार्यक्रममा अध्यक्ष भट्टराई सहकारीद्वारा सञ्चालित सुलभ डिपार्टमेण्टल स्टोर्सले ग्राकलाई लक्षित गरि सस्तोमा सामान बिक्री गर्दै आएको बताए । उनले दसैं तिहारलाई लक्ष्त गर्दै ग्राहकका लागि उपहार योजना ल्याएको बताए । उनले गुणस्तरीय र सस्तोमा सामग्री दिनु नै सुलभको लक्ष्य रहेको बताए । उनले प्रत्येक १ हजारको खरिदमा ग्राहकलाई एउटा उपहार कुपन प्रदान गरिने उनले बताए ।
उपहार कार्यक्रमको नतिजाको घोषणा मिति २०७७ माघ १ गते एउटा औपचारीक कार्यक्रम आयोजना गरि सार्वजनिक गरिने उनले बताए ।
प्रथम पुरस्कारमा टिभिएसको स्कुटर, द्धितीय पुरस्कार एलसीको वासिङ मेसिन, तेस्रो पुरस्कार फ्रिज, चौथो पुरस्कार एलइडी टेलिभिजन, पाचौं पुरस्कार माइक्रो वेभ वभन र धेरै मात्रामा सान्त्वना पुरस्कार रहेको संस्थाका निर्देशक लक्ष्मण बराले जानकारी गराए ।
१० वर्ष अगाडि पोखराका पर्यटन व्यावसायीको संयुक्त लगानिमा स्थापना भएको सुलभ डिपार्टमेन्ट स्टोर्सले होटल तथा रेस्टुरेण्ट र दैनिक आवश्यक पर्ने र सम्पूर्ण घरयासी सामग्रीहरुको सुलभ मुल्यमा बिक्री वितरण गर्दै आएको छ ।
कार्यक्रमको सञ्चालन सहकारीका सचिव चौबहादुर गुरुङले गरेका थिए ।