कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट सञ्चालन हुने

काठमाडौं । कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट सञ्चालन गर्ने जानकारी दिएका हुन् । आज बोर्डले बिहान ८ बजेबाट साढे ९ बजेसम्म सञ्चालन हुने परीक्षा सम्बन्धी समय तालिका समेत सार्वजनिक गरेको छ । शनिबार समेत सञ्चालन गरिने परीक्षाका लागि बोर्डका अनुसार सामाजिक दुरी तथा स्वास्थ्य मापदण्ड अपनाइने छ । यस अगाडि वैशाख ८ गतेबाट सञ्चालन हुने भनिएको परीक्षा कोरोना भाइरस संक्रमणका कारण स्थगित भएको थियो ।

कमेन्टहरु
Loading...