पोखरामा आज ४८ जनालाई कोरोना संक्रमण पुष्टि, १ को निधन

पोखरा । पोखरामा थप १० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप १० जनालाई संक्रमण पुष्टि भएको हो ।

पोखराकी २५ वर्षीय महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनी कति नम्बर वडाकी हुन् भन्ने खुलेको छैन ।

वडा नम्बर ४ का १ जनालाई संक्रमण पुष्टि भएको छ । उनी सो वडा अन्तरगत ३८ वर्षीय महिला हुन् ।

पोखरा ५ का ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका २४, ३० तथा ४० वर्षीय महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा १८ का ५ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ४ पुरुष तथा १ महिलालाई संक्रमण पुष्टि भएको हो । संक्रमित ५६ वर्षीय महिला सहित २३, २७, २८ तथा ४० वर्षीय पुरुष रहेका छन् ।

पोखरामा आज यो समाचार तयार पार्दासम्ममा ४८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै पोखरा २२ का ४४ वर्षीय पुरुषको उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा ज्यान गएको छ ।

स्याङ्जाका ६ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको वालिङ नगरपालिका तथा बिरुवा गाउँपालिकाका हुन् । वालिङ नगरपालिका वडा नम्बर ६ का ३७ वर्षीय पुरुष तथा ३४ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको छ । वडा नम्बर ८ का १ जना ३२ वर्षीय महिलालाई समेत संक्रमण पुष्टि भएको छ ।

वडा नम्बर १० का २४ वर्षीय महिला तथा वडा नम्बर १४ का २९ वर्षीय पुरुषलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला कै बिरुवा गाउँपालिकाका २० वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । उनी गाउँपालिका अन्तरगत कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।

लमजुङका बेसीसहर नगरपालिका वडा नम्बर ७ का ३४ वर्षीय १ जनालाई संक्रमण पुष्टि भएको छ ।

गोरखाका ११ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको गोरखा नगरपालिका वडा नम्बर ६ का ८ जना, वडा नम्बर ९ का १ तथा १२ का २ जनालाई संक्रमण पुष्टि भएको हो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ हजार ४६ पुगेको छ ।

कमेन्टहरु
Loading...