अन्तत : वर्ष दिनपछि ३ परिवारले पाए खानेपानी

 

पोखरा । विगत १ वर्षदेखि खानेपानीको सुविधाबाट वञ्चित वडा नम्बर ९ का ४ घरपरिवारमध्ये तीनले मंगलबारदेखि उक्त सुविधा प्राप्त गरेका छन् । स्थानीय टोल छिमेकले नै खानेपानी उपलब्ध हुन नदिन विभिन्न अवरोध गर्दै आएका उक्त परिवारलाई सिद्धमार्ग टोल विकास संस्थाले पानी उपलब्ध गराएको हो ।

 

पानी सम्बन्धी टोलबासीसँगको लामो विवाद पश्चात् आज मात्र उनीहरुले पानीको पाइपलाइन जोड्ने अनुमति पाएका हुन् । सिद्धमार्ग टोल विकास संस्थाका अध्यक्ष सूर्य जलारीका अनुसार पानी उपलब्ध गराउन विरोध गर्ने दुई परिवार पानी दिनका लागि सहमतिमा आएका हुन् ।

 

उनले भने ‘उक्त परिवारलाई पानीको पाइपलाइन हाम्रै टोल बाट उपलब्ध गराउने भयौँ ।तर अहिले ४ घरधुरि बाट ३ घरधुरिले मात्र पानीको सुविधा लिने हुनुभएको छ । ’ उनले बताए ।

 

१ घरमा भने अहिले कोही व्यक्ति बसोबास नगर्ने भएकाले पाइप जडान नगरिएको हो । यसअघि उक्त घरधुरिलाई पानी उपलब्ध गराउन टोलबासि र विरोध गर्ने व्यक्तिसँग तारन्तार वार्ता भएपनि सहमति भएको थिएन ।

 

पछिल्लो समय पाइपलाइन जोड्दा छिमेकीले पाइप नै उखेलेर फालिदिएका थिए । छिमेकीको व्यवहारले गर्दा ४ परिवार स्थानीय टोल विकास र वडा कार्यालय पनि पुगेका थिए । तरपनि पानीको लाइन जोड्नका लागि सम्बन्धित निकायले चासो देखाएका थिएन्न् ।

 

वडा नम्बर ९ का वडा अध्यक्ष देखि जनप्रतिधि उक्त वार्ता मिलाउन सामेल भएका थिए । तरपनि अध्यक्ष सहितको टोलीले खासै चिन्ता व्यक्त भने गरेन्न । अहिले पानीको लाइन समेत टोल विकास समितिको सहयोगमा उनीहरुलाई प्राप्त भएको हो ।

कमेन्टहरु
Loading...