पोखरा । पोखरामा थप १ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नम्बर २२ का ४४ वर्षीय पुरुषको आज बिहान ११ बजेर ५५ मिनेट जाँदा कोरोना संक्रमणबाट गण्डकी मेडिकल कलेज पोखरामा ज्यान गएको हो । उनलाई हिजो कोरोना संक्रमण पुष्टि भएको थियो । उनी निमोनिया तथा श्वासप्रश्वासबाट समेत ग्रसित थिए ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ५५ पुगेको छ ।
यता पोखरामा आज थप ३८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहान २ जना तथा अहिले ३६ जना सहित थप ३८ जनालाई संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १ का ३ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित १ महिला तथा २ जना पुरुष हुन् । सो वडाका ३२ वर्षीय महिला सहित ३५ र ४२ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
वडा नम्बर २ का २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ४२ वर्षीय पुरुष तथा २७ वर्षीय महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा ४ का २ जनालाई संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार सो वडाका ३७ वर्षीय महिला तथा ३७ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर ५ का २९ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
पोखरा ६ का २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडा अन्तरगत ५७ वर्षीय पुरुष तथा ५० वर्षीय महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर ७ का ४६ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
पोखरा ८ का ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित सो वडा अन्तरगत २२, ५१ र ५२ वर्षीय ३ जना पुरुष हुन् ।
पोखरा ९ का १ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडा अन्तरगत १८ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा ११ का ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका २ पुरुष तथा १ महिलालाई संक्रमण पुष्टि भएको हो । संक्रमित ३६ र ४६ वर्षीय पुरुष तथा ३५ वर्षीय महिला रहेका छन् ।
वडा नम्बर १२ का २९ वर्षीय १ जना पुरुषलाई समेत संक्रमण पुष्टि भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १३ का १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडा अन्तरगत ३१ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा १४ का १ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । सो वडा अन्तरगत २३ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको हो ।
पोखरा १५ का २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित सो वडा अन्तरगत २६ र ४५ वर्षीय पुरुष हुन् ।
वडा नम्बर १६ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडा अन्तरगत २४ वर्षीय १ जना महिला तथा २७ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा १७ का ७ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित १ महिला तथा ६ जना पुरुष रहेका छन् । सो वडा अन्तरगत २६ वर्षीय महिला सहित २६, ३१, ३३, ४० वर्षीय २ जना, ५३ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा २२ का ४४ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
त्यस्तै स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा २६ का १ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ४२ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा कै १ जना २३ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । उनी पोखराको कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।
बाग्लुङमा १ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको बाग्लुङ नगरपालिका वडा नम्बर २ का ३८ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
तनहुँका २ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको ब्यास नगरपालिका वडा नम्बर १ का ४५ वर्षीय तथा ११ का ४३ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
गोरखामा १ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको गोरखा नगरपालिका १३ का ३४ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको हो ।
पर्वतमा १ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको मादी गाउँपालिकाका ७१ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो । गाउँपालिका अन्तरगत उनी कति नम्बर वडाका हुन् भनने खुलेको छैन ।
स्याङ्जाका १ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको पुतलीबजार नगरपालिका वडा नम्बर १ का ५० वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु पोखराको लाइफ केयर डाइग्नोस्टिक एण्ड रिसर्च प्रालि पोखराको ल्याबमा गरिएको परीक्षणबाट पहिचान भएका हुन् । उनीहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ हजार १८ पुगेको छ ।