लुम्बिनी प्रदेशमा कोरोना बिरामीको उपचार निशुल्क हुने व्यवस्था यथावत् रहने

पोखरा । कोरोना भाइरस संक्रमण भएका बिरामीले उपचार सहित अन्य खर्च सबै आफैंले बहोर्नुपर्ने सरकारको निर्णय पछि चौतर्फी आलोचना भइरहेका बेला लुम्बिनी प्रदेश सरकारले भने कोरोना संक्रमितको उपचार निशुल्क रुपमा गर्ने निर्णय यथावत् राखेको छ । उक्त प्रदेशमा ४ वटा अस्पतालमा कोरोना भाइरस संक्रमितको उपचार हुँदै आइरहेको छ ।

कोरोनाको उपचार गर्ने अस्पतालहरुमा भैरहवाको भीम अस्पताल, बाँकेको सुशील कोइराला क्यान्सर अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ तथा बुटवलस्थित लुम्बिनी अञ्चल अस्पताल रहेका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश अन्तरगत रहेका यी ४ वटा अस्पतालमा कोरोनाका बिरामीको निशुक्ल उपचार गर्ने व्यवस्था यथावत् रहेको सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएका हुन् ।

 

कमेन्टहरु
Loading...