लुम्बिनीमा दुई मन्त्रालयको नाम परिवर्तन, अब गृह र अर्थ हुने

काठमाडौं । लुम्बिनीमा दुई मन्त्रालयको नाम परिबर्तन गरिएको छ ।

 

लुम्बिनी प्रदेश सरकारले दुई मन्त्रालयको नाम परिवर्तन गरी नयाँ नाम कायम गरेको हो ।

 

बुधवार बसेको मन्त्रीपरिषदको बैठकले आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय तथा आर्थिक मामिला मन्त्रालयको नाम परिवर्तन गरेर संघीय सरकारको झल्को दिने गरी नाम परिवर्तन गरिएको हो ।

 

जसअनुसार आन्तरिक मामिलालाई गृह मन्त्रालय तथा आर्थिक मामिलालाई अर्थ मन्त्रालय बनाईएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिए ।

कमेन्टहरु
Loading...