पोखरा । पोखरामा आज बिहानको तथ्यांक अनुसार थप २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । फेवासिटी अस्पतालका २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । सो अस्पतालमा ३८ वर्षीय महिला तथा ५९ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
तनहुँमा ३ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु जिल्लाको रिषिङ गाउँपालिका वडा नम्बर १ का हुन् ।
लमजुङमा ११ जनालाई संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा जिल्लाका ११ जनालाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु जिल्लाको दोर्दी तथा क्लोहसोथरका ५ जना रहेका छन् ।
त्यस्तै अन्य ६ जनालाई समेत संक्रमण पुष्टि भएको छ । ६ जना जिल्लाको कुन स्थानमा हुन् भन्ने खुलेको छैन ।
संक्रमित सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् । उनीहरुलााई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ हजार ९ सय ७६ पुगेको छ ।