पोखरामा थप १ जनाको कोरोनाबाट निधन, गण्डकी प्रदेशमा हालसम्म ५३ जनाले ज्यान गुमाए

पोखरा । पोखरामा थप १ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नम्बर ३ की ५६ वर्षीय महिलाको कोरोनाबाट ज्यान गएको हो । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा असोज ३० गते ज्यान गएको हो ।

यता नवलपरासी (ब.सु.पू) गैंडाकोट १२ का ८५ वर्षीय वृद्धको कोरोना संक्रमणबाट असोज ३० गते साँझ ५ गते ज्यान गएको छ । चितवन मेडिकल कलेज, चितवनमा गरिएको परीक्षणका क्रममा उनलाई असोज २६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

मृतक वृद्धलाई दम तथा निमोनियाको समस्या समेत रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ५३ पुगेको छ ।

कमेन्टहरु
Loading...