पोखरा । गण्डकी प्रदेशमा थप ११ जनामा संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा स्याङ्जा र कास्की गरि दूई जिल्लामा संक्रमित थपिएका हुन् । स्वास्थ्या निर्देशनालय गण्डकी प्रदेशका अनुसार कास्कीमा थपिएको संक्रमित २६ वर्षीय महिला प्रदेश जनस्वास्थ्य प्रयोगशाला, पोखराको ल्याबमा काम गर्ने ल्याब असिस्टेन्ट हुन् ।
त्यस्तै यता स्याङ्जामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित सबैजना कन्ट्याक्ट ट्रेसिङ मार्फत पहिचान भएका हुन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ९७ पुगेको छ ।