पोखरामा कोरोना परीक्षण गर्ने प्राविधिक नै संक्रमित

पोखरा । क्षयरोग उपचार केन्द्र पोखरामा कार्यरत ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । केन्द्रमा कोरोना परीक्षणका लागि काम गर्ने प्राविधिकलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

प्राविधिकहरुलाई कोरोनासंग मिल्ने लक्षण देखिएपछि परीक्षण गर्दा ३ जनालाई संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जानकारी दिएको छ ।

स्वाब परीक्षण प्रयोगशालामा कार्यरत कर्मचारीलाई नै कोरोना संक्रमण भएपछि परीक्षण गराएकाहरुको रिर्पोट आउन ढिलो हुने प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त प्रमुख सपना सुवेदीले जानकारी दिएकी छिन् ।

कमेन्टहरु
Loading...