पोखरा । पोखरा महानरगपालिका वडा नं ३ बस्ने ५३ वर्षीय महिलाको कोरोनाका कारण मृत्यु भएको छ ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत उनको शुक्रबार राती मृत्यु भएको अस्पतालले जनाएको छ ।
असोज ३० गते अस्पतालको इमर्जेन्सीमा भर्ना भएकी उनमा मृत्युपछि कोरोना पुष्टि भएको हो ।
अस्पतालमा मृत्यु हुने उनी १४ औं संक्रमित हुन् ।