चाडपर्वलाई लक्षित गर्दै पोखराको पृथ्वीचोकमा यात्रु सहायता कक्ष सञ्चालन

पोखरा । पोखरामा दसैं, तिहार तथा छठको अवसरमा यात्रु सहयता कक्ष सञ्चालन गरिएको छ । ‘चाडपर्व विषेश सुरक्षा योजना २०७७’ बमोजिम जिल्ला प्रहरी कार्यालय कास्कीले पृथ्वीचोकमा यात्रु सहायता कक्ष सञ्चालन गरेको हो । देशका विभिन्न भागबाट पोखरा भित्रिने मुख्य नाका छोरेपाटन, मजुवा तथा जौबारीमा प्रहरीले यात्रुसंग १ मिनेट कार्यक्रम समेत सञ्चालन गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले चाडपर्वको समयमा हुन सक्ने सवारी आवागमन वृद्धि, ट्राफिक व्यवस्थापन, बढी भाडा असुली, क्षमताभन्दा बढी यात्रु बोक्ने तथा सवारीसाधनबाट बढी भाडा लिए/नलिएको विषयमा यात्रुलाई जानकारी गराएका थिए । साथै उनले यात्रुसंग १ मिनेट कार्यक्रममा कोरोना भाइरस सम्बन्धी सावधानी अपनाएको/नअपनाएको लगायतका विषयमा समेत जानकारी लिएका थिए ।

कमेन्टहरु
Loading...