थाइल्याण्डको आन्दोलन अनुगमन गरिरहेको मानवअधिकार आयोगको भनाई

एजेन्सी । संयुक्त राष्ट्रंघीय मानवअधिकार सम्बन्धी उच्च आयोगले थाइल्याण्डको आन्दोलनलाई नजिकबाट अनुगमन गरिरहेको जनाएको छ । थाइल्याण्डको आन्दोलनलाई नजिकबाटै अनुगमन गरिरहेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले जानकारी दिएका हुन् ।

उनले संयुक्त राष्ट्रसंघको त्यस अनुगमनबाट हेर्दा थाइल्याण्डका नागरिकले शान्तिपूर्ण रुपमा आन्दोलन गर्न पाउनुपर्ने पनि बताएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव गुटर्रेसका प्रवक्ता डुजारिकले पत्रकार सम्मेलनमा भनेका थिए, ‘हामीले यस आन्दोलनलाई धेरै नै नजिकबाट अनुगमन गरिरहेका छौं, यहाँका प्रदर्शनकारी र यहाँका सरकारी अधिकारीहरुको निकटमै रहेर हामीले यस आन्दोलनको अनुगमन गरिरहेका छौं ।’

उनले संसारमा नै हरेक देशका नागरिकले आफ्ना माग राखेर प्रजातान्त्रिक रुपमा र शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने अधिकार रहेको बताए । हरेक नागरिकले बिना हातहतियार शान्ति पूर्ण रुपमा प्रदर्शन गरेर आफ्ना मागहरु राख्ने अधिकार पाउने र त्यो अधिकार थाइल्याण्डले पनि दिनुपर्ने उनले बताए । उनले सो पत्रकार सम्मेलनका क्रममा थाइ सरकारलाई आन्दोलन गर्ने नागरिकको अधिकार नखोस्न बारम्बार बताएका थिए । रासस

कमेन्टहरु
Loading...