पोखरा । गण्डकी प्रदेशमा थप २५ जनामा संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा नवलपरासी , गोरखा र लमजुङ गरि ३ जिल्लाका २५ जनामा संक्रमण पुष्टि भएको हो ।
नवलपरासी थप २३ जनामा संक्रमण पुष्टि भएको छ । देवचुली नगरपालिकाका ४ जना , गैँडाकोटमा १८ जना र कावासोतीमा १ जना गरि नवलपरासीमा थप २३ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै गोरखाको गोरखा नगरपालिकामा थप १ जनामा संक्रमण पुष्टि भएको छ । यता लमजुङ सुन्दरबजारमा पनि १ जनामा संक्रमण पुष्टि भएको छ । गोरखा जिल्ला र लमजुङ जिल्लाका संक्रमित उपचारको लागि चितवन मेडिकल कलेजमा गएका व्यक्ति थिए ।
उनीहरु सोहि अस्पतालको आईसोलेसनमा बसेका छन् । अन्य सबैजना कन्ट्याक्ट ट्रेसिङ बाट पहिचान भएका हुन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ४ सय ३४ पुगेको छ ।