पोखरा /पछिल्लो समय गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या बढ्दै आएको छ । आज बिहान मात्र पोखराका १९ सहित गण्डकी प्रदेशमा ५३ कोरोना संक्रमित थपिएका छन् । आज नै लमजुङमा २ ,तनहुँमा ६,बागलुङमा ७,गोरखामा ४ र नवलपुरमा १५ गरि प्रदेशभर ५३ संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार आजसम्म गण्डकी प्रदेशमा संक्रमितको संख्या ५४०९ पुगेको छ ।