काठमाडौं । काठमाडौं महानगरपालिका–१६, नयाँ बजारको फलफूल चोकस्थित निलकुमारी क्षेत्रीको घरमा ग्यास सिलिण्डर बिस्फोट भएको छ ।
किरियापुत्री बसेको कोठामा ग्यास बाल्ने क्रममा विस्फोट भएको हो । किरिया पुत्री बसेको चार तले घरको तेस्रो तलामा बिस्फोट भएको हो ।
स्थानीयका अनुसार सुरुमा भुइँ तलाको भर्याङ छेउमा ग्यास बाल्ने क्रममा लिक भएर आगलागी भएको थियो । छेउैमा अर्को सिलिण्डर रहेकाले विस्फोट हुँदा ठूलो क्षति भएको हो ।
विस्फोटमा ११ जना घाइते भएका छन् । उनीहरु मध्ये गम्भीर घाइते चार जनालाई मनमोहन अस्पताल लगिएको छ । घाइते भएका मध्ये ६५ वर्यीष नरस्हि बहादुर श्रेष्ठको अवस्था गम्भीर रहेको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपीले जानकारी दिए ।
विस्फोटले झ्यालका सीसा फुट्नुका साथै भित्ता नै भत्किएकाले धेरैलाई चोट लागेको बताइएको छ । विस्फोटबाट ठूलो क्षति भएकाले महानगरीय प्रहरी परिषद, काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवाली आफैं घटनास्थलमा पुगेका छन् ।क्षतिको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।