गन्थन डेस्क
सरकारले मन्त्रीपरिषद्को पुनःगठन गरेको छ ।
भर्खरै राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्ती अनुसार सरकारले अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेललाई नियुक्त गरेको छ ।
त्यस्तै, महिला तथा बालबालिकामन्त्रीमा लिलानाथ श्रेष्ठ र सूचना तथा सञ्चारमन्त्रीमा पार्वत गुरुङलाई जिम्मेवारी दिइएको छ ।
यसैगरी, रक्षामन्त्रालयको बागडोर ईश्वर पोख्रेलले सम्हाल्नेछन् । यद्यपि, रक्षा मन्त्रालय प्रधानमन्त्री केपी ओलीमातहत रहनेछ ।
यस्तै, सहरी विकासमन्त्रीमा कृष्णगोपाल श्रेष्ठलाई नियुक्त गरिएको छ ।यद्यपि, कास्कीबाट खगराज अधिकारीको नाम चर्चामा आएपनि उनी पर्न सकेनन् ।